काठमाडौं। अविरल वर्षापछि गएको पहिरोले देशका ६ सडकखण्ड अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोका कारण उदयपुरको कटारी नगरपालिका–८ बेतिनीस्थित् सिद्धीचरण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
दैलेखको दुल्लु नगरपालिका–३ स्यालास्थित् कर्णाली राजमार्गमा पहिरो खस्दा बाटो अबरोध भएको प्राधिकरणले जनाएको छ। यस्तै, प्युठानको सरुमारानी गाउँपालिका–४ खहरेखोलास्थित् भालुवाङ–प्युठान सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध रहेको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–१ खारखोला पुल नजिकै सदरमुकामबाट कपिलाकोट जाने भित्रि बाटो पनि पहिरोका कारण अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।
नुवाकोटको ककनी गाउँपालिका–२ लस्कास्थित् पासाङल्यामु सडक खण्ड पहिरोका कारण अवरुद्ध रहेको छ। यस्तै, मकवानपुरको भिमफेदी गाउँपालिका–६ गढीसाउने खोल्सीस्थित् हेटौँडा कुलेखानी काठमाडौं सडकखण्ड पहिरोका कारण अवरुद्ध रहेको प्राधिकरणले जनाएको छ।
" /> काठमाडौं। अविरल वर्षापछि गएको पहिरोले देशका ६ सडकखण्ड अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोका कारण उदयपुरको कटारी नगरपालिका–८ बेतिनीस्थित् सिद्धीचरण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।दैलेखको दुल्लु नगरपालिका–३ स्यालास्थित् कर्णाली राजमार्गमा पहिरो खस्दा बाटो अबरोध भएको प्राधिकरणले जनाएको छ। यस्तै, प्युठानको सरुमारानी गाउँपालिका–४ खहरेखोलास्थित् भालुवाङ–प्युठान सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध रहेको छ।

">