काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीरगन्जस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक (असई) पूर्णबहादुर तामाङसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा प्रहरी हवल्दार विष्णु दयाल चौधरी, लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बीरगन्जका प्रहरी जवान अवधेश राय, प्रहरी जवान राज कुमार गुरुङ पनि छन्।
८ फागुन २०७६ मा अस्थायी प्रहरी पोष्ट इनर्वागाउँमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ र प्रहरी हवल्दार विष्णु दयाल चौधरीले घुस लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको थियो।
अनुसन्धानमा प्रहरी सहायक निरीक्षक तामाङ, प्रहरी हवल्दार चौधरी र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय बीरगन्जका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राज कुमार गुरुङसँग मिलेर एक हुण्डी कारोवारीबाट ७ लाख रुपैयाँ घुस लिएको खुलेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
कावासोतीका सोनाम तामाङलाई मतियारकारुपमा मुद्दा चलाइएको पनि अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।