काठमाडौंं। बलर मार्क उडले यस ‘समर’मा ग्रासरूट क्रिकेट शुरू गर्न सकिएन भने अर्को ‘बेन स्टोक्स वा जो रूट’ जस्ता खेलाडी जन्माउन नसक्ने बताएका छन्। कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्डमा मार्चदेखि क्लब क्रिकेट स्थगित भएको छ।
गत मंगलबारबाट लकडाउन खुकुलो बनाए पनि त्यहाँ क्लब क्रिकेट खुला गरिएको छैन। इङल्यान्ड र वेल्स क्रिकेट बोर्डले सरकारलाई क्लब क्रिकेट खुलाउन दबाब दिँदै आएको छ। स्थगित क्रिकेट ४ जुलाईबाट पुनः शुरू आशा गरिएको छ। उडले भने, “स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हो। तर, आशा गरौं क्रिकेट पनि चाडौं शुरू हुनेछ। हाम्रो देशमा ग्रासरूट क्रिकेटलाई माया गर्ने धेरै छन् भन्नेमा म विश्वस्त छु। बेन स्टोक्स र जो रूट जस्तै बन्ने तयारीमा रहेको अर्को सुपरस्टारलाई गुमाउन चाहदैनौं।”
इङल्यान्डको राष्ट्रिय टीमका खेलाडी अहिले वेष्ट इन्डिजविरुद्ध टेष्ट शृंखला खेल्ने तयारीमा छ। इङ्ल्यान्डको टीम अहिले साउथह्याम्पटनमा अभ्यास गरिरहेको छ। स्वास्थ्य सुरक्षा अपनाएर इङ्ल्यान्ड र वेष्ट इन्डिजविरुद्धको खेल ८ जुलाईबाट शुरू हुनेछ।
" /> काठमाडौंं। बलर मार्क उडले यस ‘समर’मा ग्रासरूट क्रिकेट शुरू गर्न सकिएन भने अर्को ‘बेन स्टोक्स वा जो रूट’ जस्ता खेलाडी जन्माउन नसक्ने बताएका छन्। कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्डमा मार्चदेखि क्लब क्रिकेट स्थगित भएको छ।गत मंगलबारबाट लकडाउन खुकुलो बनाए पनि त्यहाँ क्लब क्रिकेट खुला गरिएको छैन। इङल्यान्ड र वेल्स क्रिकेट बोर्डले सरकारलाई क्लब क्रिकेट खुलाउन दबाब दिँदै आएको छ। स्थगित क्रिकेट ४ जुलाईबाट पुनः शुरू आशा गरिएको छ। उडले भने, “स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हो। तर, आशा गरौं क्रिकेट पनि चाडौं शुरू हुनेछ। हाम्रो देशमा ग्रासरूट क्रिकेटलाई माया गर्ने धेरै छन् भन्नेमा म विश्वस्त छु। बेन स्टोक्स र जो रूट जस्तै बन्ने तयारीमा रहेको अर्को सुपरस्टारलाई गुमाउन चाहदैनौं।”
इङल्यान्डको राष्ट्रिय टीमका खेलाडी अहिले वेष्ट इन्डिजविरुद्ध टेष्ट शृंखला खेल्ने तयारीमा छ। इङ्ल्यान्डको टीम अहिले साउथह्याम्पटनमा अभ्यास गरिरहेको छ। स्वास्थ्य सुरक्षा अपनाएर इङ्ल्यान्ड र वेष्ट इन्डिजविरुद्धको खेल ८ जुलाईबाट शुरू हुनेछ।
">