काठमाडौं। लिभरपुलले तीस वर्षपछि इङ्लिस प्रिमियर लिगको उपाधि जित्न लागेको छ। गएराति क्रिष्टल प्यालेसमाथि ४-० को नतिजा निकालेपछि फरवार्ड मोहम्मद सालाहले यो समय लिभरपुलको भएको बताएका छन्। गएराति सम्पन्न खेलमा सालाहले पनि गोल गरेका थिए।
जितसँगै लिभरपुललाई उपाधि जित्नका लागि दुई अंकमात्र पर्याप्त हुन्छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी आज राति हुने खेलमा चौंथो स्थानको चेल्सीसँग पराजित भए लिभरपुलले आजै उपाधि पक्का गर्नेछ। “हामीलाई लिग जित्न दुई अंकमात्र आवश्यक छ। यो खुशीको कुरा हो,” सालाहले भने, “जब म लिभरपुल आएँ, त्यसपछि नै प्रिमियर लिगको उपाधि जित्न चाहन्थेँ। जुन लिभरपुलले लामो समयदेखि जित्न सकेको थिएन। गत वर्ष पनि हामीसँग त्यो मौका थियो। तर, सिटीले साँच्चिकै राम्रो खेल्यो। उनीहरू त्यसको हकदार पनि थिए। तर, यसपटक लिग जित्ने पालो हाम्रो हो।”
लिभरपुलले पछिल्लोपटक १९८९/९० मा लिगको उपाधि जितेको थियो। लिभरपुलको त्यो १८औं लिग उपाधि थियो। त्यसपछि लिभरपुल गत सिजन लिग उपाधि नजिक थियो। ९७ अंक जोडेको योर्गान क्लोपको लिभरपुल एक अंकले पछि परेको थियो। कोभिड–१९ महामारीका कारण प्रिमियर लिग तीनभन्दा बढी समय स्थगित भएको थियो।
लिग पुनः शुरू भएपछिको पहिलो खेलमा लिभरपुलले गुडिसन पार्कमा एभर्टनसँग गोलरहित बराबरी खेलेको थियो। एभर्टनविरुद्ध विजयी नतिजा निकालेको भए लिभरपुलले घरेलु मैदान एनफिल्डमै क्रिष्टल प्यालेसविरुद्धको खेलमा उपाधि पक्का गर्ने थियो। “आज हामीले ठूलो खुड्किलो पार गर्यौँ,” योर्गान क्लोपले भने, “हामीले अझ सात खेल खेल्न बाँकी छ। सँधै यस्तो फुटबल खेल्यौं भने हामीविरुद्ध खेल्न कठिन हुनेछ। हामीले भोलिको खेल (सिटीविरुद्ध चेल्सी) हुर्नुपर्छ। किनकी हामीले अर्को साता उनीहरूविरुद्ध नै खेल्नुपर्नेछ।”
" /> काठमाडौं। लिभरपुलले तीस वर्षपछि इङ्लिस प्रिमियर लिगको उपाधि जित्न लागेको छ। गएराति क्रिष्टल प्यालेसमाथि ४-० को नतिजा निकालेपछि फरवार्ड मोहम्मद सालाहले यो समय लिभरपुलको भएको बताएका छन्। गएराति सम्पन्न खेलमा सालाहले पनि गोल गरेका थिए।जितसँगै लिभरपुललाई उपाधि जित्नका लागि दुई अंकमात्र पर्याप्त हुन्छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी आज राति हुने खेलमा चौंथो स्थानको चेल्सीसँग पराजित भए लिभरपुलले आजै उपाधि पक्का गर्नेछ। “हामीलाई लिग जित्न दुई अंकमात्र आवश्यक छ। यो खुशीको कुरा हो,” सालाहले भने, “जब म लिभरपुल आएँ, त्यसपछि नै प्रिमियर लिगको उपाधि जित्न चाहन्थेँ। जुन लिभरपुलले लामो समयदेखि जित्न सकेको थिएन। गत वर्ष पनि हामीसँग त्यो मौका थियो। तर, सिटीले साँच्चिकै राम्रो खेल्यो। उनीहरू त्यसको हकदार पनि थिए। तर, यसपटक लिग जित्ने पालो हाम्रो हो।”

">