काठमाडौं। आज बिहान मात्र चट्याङ लागेर सात जनाको मृत्यु भएको छ। थप चार जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्वस्थापन प्राधिकरणका अनुसार आज बिहान सप्तरीमा चार र मकवानपुरमा तीन जनाको चट्याङबाट मृत्यु भएको हो।
“आज बिहान सप्तरी र मकवानपुका विभिन्न स्थानमा परेको चट्याङबाट सात जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन्”, प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सप्तरीको डाकनेश्वरी नगरपालिका–९ लछनपटिका एक, राजगढ गाउँपालिका–४ बेल्हीचपेनाका एक र महादेवा गाउँपालिका–२ का दुई जना गरी चार जनाको मृत्यु भएको हो। यस्तै, मकवानपुरको बकैया गाउँपालिका–२ मा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा देशमा विपद्का १७ वटा घटना भएका छन्।
" /> काठमाडौं। आज बिहान मात्र चट्याङ लागेर सात जनाको मृत्यु भएको छ। थप चार जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्वस्थापन प्राधिकरणका अनुसार आज बिहान सप्तरीमा चार र मकवानपुरमा तीन जनाको चट्याङबाट मृत्यु भएको हो।“आज बिहान सप्तरी र मकवानपुका विभिन्न स्थानमा परेको चट्याङबाट सात जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन्”, प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

">