चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
<p>काठमाडाैं। श्रीमतीलाई धारिलो हतियार चक्कु प्रहार गरेर हत्या गरेको अभियोगमा काठमाडौं टोखाबाट एकजना पक्राउ परेका छन्। </p>
<p>४० वर्षीया श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा टोखा नगरपालिका-३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई प्रहरीले पक्राउ गरेको हो।</p>
<p>कृष्णहरिले चक्कु प्रहार गर्दा उनकै श्रीमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
<p>यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
