जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   <p>काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीमा एकजना पक्राउ परेका छन्।&nbsp;</p> <p>चुरे गाउँपालिका ४ बस्ने २४ वर्षीय सुरेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो। मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ अञ्चल प्रहरी पोस्ट राजीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p>प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्