पाँच किलो लागुऔषधसहित दुईजना पक्राउ
<p>काठमाडौं। सर्लाहीबाट लागुऔषध गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। </p>
<p>विष्णु गाउँपालिका-१ स्थित सडकबाट ५ किलो गाँजासहित बरहथवा नगरपालिका-११ बस्ने ३२ वर्षीय शिबध्यान मुखिया र सोही ठाउँ बस्ने ४० वर्षीय ब्रह्मदेव रायलाई प्रहरीले पक्राउ गरेको हो।</p>
<p>प्रहरी चौकी बाराउधोरणबाट खटिएको टोलीले हरिपुरबाट भारततर्फ जाँदै गरेको बी आर ३० सि ६८०९ र बीआर ३० एम ५८१९ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी दुवै मोटरसाइकलका चालकहरूलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
