काठमाडौं। सप्तरीमा आज बिहान चट्याङ लागेर चारजनाको मृत्यु भएको छ। दुईजना घाइते छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान चट्याङ लागेर डाक्नेश्वर नगरपालिका- ९ की ३० वर्षीया ललितादेवी यादव, महादेवा गाउँपालिका- २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र राजगढ नगरपालिका-४ बेचीचपेनाका ४६ वर्षीय केसीलाल साहको मृत्यु भएको हो।
१८ वर्षीया आशा मण्डल र अर्का एकजना नाम नखुलेका ५५ वर्षीय व्यक्ति घाईते भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले बताए।
“दुईजनाको घटनास्थलमा र दुईको उपचारको क्रममा मृत्यु भएको हो”, उनले भने।
घाइतेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। यसअघि गएराति मकवानपुरमा पनि चट्याङ लागेर दुईजनाको मृत्यु भएको थियो।
" /> काठमाडौं। सप्तरीमा आज बिहान चट्याङ लागेर चारजनाको मृत्यु भएको छ। दुईजना घाइते छन्।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान चट्याङ लागेर डाक्नेश्वर नगरपालिका- ९ की ३० वर्षीया ललितादेवी यादव, महादेवा गाउँपालिका- २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र राजगढ नगरपालिका-४ बेचीचपेनाका ४६ वर्षीय केसीलाल साहको मृत्यु भएको हो।

">