कोरोनाको अप्रमाणित औषधि बेच्दै पतञ्‍जली
काठमाडौं। भारतीय योग गुरु रामदेवले आफ्नो कम्पनी पतञ्जलीले कोरोनाको औषधि पत्ता लगाएको भन्दै गरेको दाबीलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले आफूलाई कुनै जानकारी नभएको बताएको छ।

रामदेवले हरिद्वारमा पत्रकार सम्मेलन गरेर पतञ्जलीले कोभिड-१९ को उपचार शुरू गरेको बताएका थिए। ‘पतञ्जलीको दाबी र विवरणबारे कुनै जानकारी छैन,’ मन्त्रालयले भनेको छ, ‘कोरोनाको उपचारसम्बन्धी कुनै पनि दाबी र शोध गर्नुपूर्व मन्त्रालयलाई जानकारी गराउनु अनिवार्य छ।’

उत्तराखण्ड सरकारले भने उक्त औषधि बिक्रीवितरणको तयारीलाई समर्थन गर्ने सङ्केत दिएको छ। तर, औषधिको अनुमति लिनका लागि दिइएको आवेदनमा स्पष्ट रूपमा कोभिड रोग किटान गरिएको छैन।

बिनाअनुसन्धान औषधि बेचबिखन गर्नु नीतिनियमको ठाडो उल्लंघन भएकाले भारतको ड्रग रेगुलेटर, सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले त्यसमा रोक लगाउनुपर्ने माग हुन थालेको छ।

महामारी अनियन्त्रित हुँदै गएको समयमा यसरी विश्वसनीय अनुसन्धानबिना नै औषधि बजारमा आउँदा पनि नियामक निकाय मौन रहनुलाई ‘अपारदर्शी र सुस्त’ बताइएको छ।

कतिपयले भने अप्ठेरो समयमा पतञ्जलीको प्रयासको सराहना गर्नुपर्ने बताइरहेका छन्। विशेषज्ञहरु भने यसलाई लिएर चिन्तित छन्।

सरकारले कोभिड-१९ बारे कुनै पनि घोषणा या दाबीलाई गम्भीर रूपमा लिन आग्रह गर्दै आएको छ। अप्रमाणित दाबी तथा बिनासूचना औषधि बिक्रीवितरण गरेको पाइएमा कारबाही हुने भारत सरकारले बताउँदै आएको छ।

तर, पतञ्जलीका रामदेव टेलिभिजन च्यानलहरुमा निर्धक्क औषधि तथा आफ्ना उत्पादनको विज्ञापन गर्दै र अन्तर्वार्ता दिँदै आएका छन् ।

(स्क्रोलडटइनबाट)

प्रतिक्रिया दिनुहोस्