पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि

काठमाडौं। पाल्पामा थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालले एक सूचना जारी गरेर संक्रमणको पुष्‍टि गरेको छ।

कोभिड-१९ पोजिटिभ देखिएका सबै ९३ जना निस्दी गाउँपालिकाका वासिन्दा रहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए।

उनीहरु सबैलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्