तम्घास। गुल्मीको मदाने गाउँपालिकाले केन्द्र टुंग्याएको छ। गाउँपालिकाको हिजाे १० असारमा सम्पन्न गाउँसभाले मदाने गाउँपालिका-६ छिर्नेमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो।

स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुंग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले गाउँसभाबाटै केन्द्र टुंगो लगाइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए।

गाउँपालिकाको भवन बनाउनका लागि यसअघि नै पाँच रोपनी जग्गा प्राप्त भइसकेको छ। अहिले थप पाँच रोपनी गरी कुल १० रोपनी जग्गा भवन बनाउन निः शुल्क प्राप्त भएको छ। गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि गाउँसभाबाट एक करोड ५० लाख रुपैयाँसमेत विनियनोजन गरिएको छ। उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरिने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिए।

यससँगै जिल्लाका १२ मध्ये १० स्थानीय तहको केन्द्र टुंगिएको छ। इस्मा र मालिका गाउँपालिकाको केन्द्र भने अझैसम्म  टुंगो लाग्न सकेको छैन। रासस

" /> तम्घास। गुल्मीको मदाने गाउँपालिकाले केन्द्र टुंग्याएको छ। गाउँपालिकाको हिजाे १० असारमा सम्पन्न गाउँसभाले मदाने गाउँपालिका-६ छिर्नेमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो।

स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुंग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले गाउँसभाबाटै केन्द्र टुंगो लगाइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए।

गाउँपालिकाको भवन बनाउनका लागि यसअघि नै पाँच रोपनी जग्गा प्राप्त भइसकेको छ। अहिले थप पाँच रोपनी गरी कुल १० रोपनी जग्गा भवन बनाउन निः शुल्क प्राप्त भएको छ। गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि गाउँसभाबाट एक करोड ५० लाख रुपैयाँसमेत विनियनोजन गरिएको छ। उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरिने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिए।

यससँगै जिल्लाका १२ मध्ये १० स्थानीय तहको केन्द्र टुंगिएको छ। इस्मा र मालिका गाउँपालिकाको केन्द्र भने अझैसम्म  टुंगो लाग्न सकेको छैन। रासस

"> मदाने गाउँपालिकाले टुंग्यायाे केन्द्र : Dekhapadhi
मदाने गाउँपालिकाले टुंग्यायाे केन्द्र
तम्घास। गुल्मीको मदाने गाउँपालिकाले केन्द्र टुंग्याएको छ। गाउँपालिकाको हिजाे १० असारमा सम्पन्न गाउँसभाले मदाने गाउँपालिका-६ छिर्नेमा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने निर्णय सर्वसम्मत पारित गरेको हो।

स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुंग्याउँदा पालिकाका नागरिकलाई समस्या भएकाले गाउँसभाबाटै केन्द्र टुंगो लगाइएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए।

गाउँपालिकाको भवन बनाउनका लागि यसअघि नै पाँच रोपनी जग्गा प्राप्त भइसकेको छ। अहिले थप पाँच रोपनी गरी कुल १० रोपनी जग्गा भवन बनाउन निः शुल्क प्राप्त भएको छ। गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि गाउँसभाबाट एक करोड ५० लाख रुपैयाँसमेत विनियनोजन गरिएको छ। उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरिने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिए।

यससँगै जिल्लाका १२ मध्ये १० स्थानीय तहको केन्द्र टुंगिएको छ। इस्मा र मालिका गाउँपालिकाको केन्द्र भने अझैसम्म  टुंगो लाग्न सकेको छैन। रासस

प्रतिक्रिया दिनुहोस्