काठमाडौं। भिनिसियस जुनियर र सर्जियो रामोसको गोलमा रियाल मड्रिडले स्पेनिस ला लिगामा गएराति मालोर्कालाई २-० हराउँदै पुनः शीर्ष स्थानमा उक्लिएको छ।
जिनेदिन जिदानको रियाल र साविक विजेता बार्सिलोनाको समान ६८ अंक भए पनि ‘हेड टु हेड’ नतिजामा रियाल शीर्ष स्थानमा उक्लिएको हो। मंगलबार राति बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १-० ले परजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो।
लुका मोड्रिचको पासमा ब्राजिलका जुनियरले चिप गर्दै रियाललाई अग्रता दिए। ५६औं मिनेटमा रामोसले अर्को गोल थप्दै रियालको महत्त्वपूर्ण तीन अंक पक्का गरे।
मालोर्काले दोस्रो हाफमा १५ वर्षे लुका रोमेरोलाई लिगमा डेब्यू गराएको थियो। यससँगै रोमेरो लिग खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।
लिगमा सात खेल बाँकी रहँदा रियालले सबै खेल जिते २०१७ पछि उपाधि पक्का गर्नेछ। मालोर्का भने रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ। मालोर्काको २६ अंक छ। जुन रेलिगेसन क्षेत्रभन्दा माथि रहेको इबरभन्दा तीन अंकले पछाडि हो।
" /> काठमाडौं। भिनिसियस जुनियर र सर्जियो रामोसको गोलमा रियाल मड्रिडले स्पेनिस ला लिगामा गएराति मालोर्कालाई २-० हराउँदै पुनः शीर्ष स्थानमा उक्लिएको छ।लुका मोड्रिचको पासमा ब्राजिलका जुनियरले चिप गर्दै रियाललाई अग्रता दिए। ५६औं मिनेटमा रामोसले अर्को गोल थप्दै रियालको महत्त्वपूर्ण तीन अंक पक्का गरे।

">