लुकाकुको २५औं गोल, इन्टर बराबरीमा रोकियो

काठमाडौं। जारी सिजन रोमेलु लुकाकुले २५औं गोल गरेको दिन इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’ मा सासोउलोसँग ३-३ को बराबरी खेलेको छ।

फ्रान्सेस्को कापुटोको गोलबाट सासोउलोले चौथो मिनेटमै अग्रता लिएको थियो। ४१औं मिनेटमा लुकाकुले पेनाल्टीमा बराबरी गोल फर्काए। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलानसँग अनुबन्ध भएका लुकाकुको लिगमा यो १९औं गोल हो।

६ करोड ५० लाख युरोमा इन्टरसँग अनुबन्ध भएका लुकाकुको सबै खाले प्रतियोतिगामा गरी २५ गोल हो। यसअघि उनले २०१६/१७ को सिजनमा पनि एभर्टनका लागि २५ गोल गरेका थिए।

एलेक्सिस सान्चेजको पासमा क्रिष्टियानो बिराेधीले इन्टरलाई अग्रता दिलाए। सासोउलोका डोमेनीको बेरार्दीले ८१औं मिनेटमा बराबरी गोल फर्काए। बोर्जा भालेरोको गोलबाट इन्टरले पुनः अग्रता लियो। तर, खेल सकिन एक मिनेट बाँकी छँदा जियानजियाकोमो मागनानीले गोल गरेपछि तेस्रो स्थानको इन्टर बराबरीमा रोकियो।

सासोउलोका डोमेनीको बेरार्दीले ८१औं मिनेटमा बराबरी गोल फर्काए। बोर्जा भालेरोको गोलबाट इन्टरले पुनः अग्रता लियो। तर, खेल सकिन एक मिनेट बाँकी छँदा जियानजियाकोमो मागनानीले गोल गरेपछि तेस्रो स्थानको इन्टर बराबरीमा रोकियो।

अन्तिम समयमा मिलान स्क्रिनियरले दोस्रो पँहेलो कार्डको सामना गरेपछि इन्टरले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

बराबरीसँग एन्टोनियो कोन्टेको इन्टर मिलानले दोस्रो स्थानको लाजियोसँग दूरी घटाउने मौका गुमायो। लाजियो गएराति नै भएको खेलमा चौथो स्थानको एटलान्टासँग ३-२ ले पराजित भएको थियो। लाजियोको ६२ अंक छ भने इन्टरको ५८ अंक छ। १२औं स्थानमा रहेको सासोउलोको ३३ अंक छ।

अर्को खेलमा १४औं स्थानको टोरिनोले १५औं स्थानको उडिनेसलाई १-० ले पराजित गर्‍याे। टोरिनोको जितमा आन्द्रेय बेलोट्टीले १६औं मिनेटमा गरेको निर्णायक बन्यो।

प्रतिक्रिया दिनुहोस्