काठमाडौं। क्रिष्टल प्यालेसमाथि ४-० को नतिजा निकालेको लिभरपुल इङ्लिस प्रिमियर लिग उपाधिबाट दुई अंकमात्र टाढा छ। लिभरपुलले तीस वर्षपछि पहिलो पटक लिग उपाधि जित्न लागेको हो।
लिभरपुललाई उपाधिको लागि अर्को जितसम्म कुर्नका लागि आज राति म्यानचेस्तर सिटीले चेल्सीलाई पराजित गर्नैपर्छ।
आइतबार मर्सीसाइड डर्बी खेलमा एभर्टनसँग गोलरहित बराबरीमा रोकिएपछि लिभरपुलले घरेलु मैदानमा उपाधि पक्का गर्ने अवसर गुमाएको हो।
३१ खेल खेलेको लिभरपुल ८६ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको सिटीभन्दा २३ अंकले अगाडी हो।
एक खेल कम खेलेको सिटीले आज चौथो स्थानको चेल्सीसँग खेल्दैछ। चेल्सीलाई हरायो भने सिटीले लिभरपुलसँगको दूरी २० अंकमा छोट्याउने छ। लिगमा अब २१ अंकको खेल बाँकी छ।
एनफिल्डमा लिभरपुलले २३औं मिनेटमा अग्रता लिएको थियो। एलेक्जेन्डर आर्नोल्डले लिरपुललाई अग्रता दिएका थिए।
मोहम्मद सालाहले ४४औं मिनेटमा अग्रता दोब्बर बनाए। ५५औं मिनेटमा फाबिन्होले अर्को गोल थपे। ६९औं मिनेटमा सडियो मानेले चौथो गोल गरे।
हारपछि क्रिष्टल प्यालेस ४२ अंकका साथ नवौं स्थानमा छ। दशौं स्थानमा रहेको एभर्टनको ४१ अंक छ। एभर्टनले गएराति पुछारको क्बल नर्विच सिटीलाई १-० ले पराजित गरेको थियो। एभर्टनको जितमा माइकल केनले ५५औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।
नर्विच सिटीभन्दा एक स्थानमाथि रहेको एस्टन भिल्लाले न्युक्यासल युनाइटेडसँग १-१ को बराबरी खेलेपछि रेलिगेशन क्षेत्रबाट माथि उक्लने मौका गुमायो। बराबरीसँग एस्टल भिल्ला २७ अंकका साथ १९औं स्थानमा छ। जितको एस्टन भिल्ला १६औं स्थानमा उक्लिन्थ्यो।
अहिले १६औं स्थानमा रहेको वाटफोर्डको २८ अंक छ भने १७ र १८औं स्थानमा रहेको वेष्ट ह्याम र बर्नमाउथको समान २७ अंक छ। न्युक्यास भने ३९ अंकका साथ १३औं स्थानमा छ।
" /> काठमाडौं। क्रिष्टल प्यालेसमाथि ४-० को नतिजा निकालेको लिभरपुल इङ्लिस प्रिमियर लिग उपाधिबाट दुई अंकमात्र टाढा छ। लिभरपुलले तीस वर्षपछि पहिलो पटक लिग उपाधि जित्न लागेको हो।लिभरपुललाई उपाधिको लागि अर्को जितसम्म कुर्नका लागि आज राति म्यानचेस्तर सिटीले चेल्सीलाई पराजित गर्नैपर्छ।

">