राजमार्ग। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गएराति सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका-५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स. १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स. १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठोकिएको थियो।
सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
" /> राजमार्ग। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गएराति सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका-५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

">