काठमाडौं। पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय अस्पतालमा भेन्टिलेटरमा उपचाररत रहेका स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले केहि बेरअघि जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यका अनु्सार ८ असारमा आईसीयूमा भर्ना भएका ती व्यक्तिमा कोभिड-१९ को साथै सिभियर निमोनिया र डाइबेटिज मेलिटस टाइप २ बाट ग्रसित थिए।
कोभिड-१९ पोजिटिभ भइ प्रतिष्ठानमा मृत्यु हुने निज दोस्रो व्यक्ति भएको प्रतिष्ठानको विज्ञप्तिमा जनाइएको छ।