एकैदिन १ लाख ७३ हजार कोरोना संक्रमित थपिए, पाँच हजार भन्दा बढीको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टा (बुधबार) विश्वमा कोरोना भाइरसका १ लाख ७२ हजार ९९७ जना नयाँ संक्रमित थपिएका छन्। सो अवधिमा कोरोनाका कारण विश्वमा ५ हजार ६९ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार बुधबार सबैभन्दा बढी कोरोना संक्रमित ब्राजिलमा थपिएका छन्। ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजार ९९५ जना संक्रमित थपिएका हुन्। सोही अवधिमा कोरोनाका कारण ब्राजिलमा एक हजार १०३ जनाको मृत्यु भएको तथ्यांक छ।

ब्राजिलपछि अमेरिकामा २४ घण्टामा ३९ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। अमेरिकामा पछिल्लो २४ घण्टामा ८०६ जनाको मृत्यु भएको छ।

भारतमा बुधबार एकैदिन थप १६ हजार ८७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टम भारतमा कोरोनाका कारण ४२४ जनाको मृत्यु भएको तथ्यांक छ।

रूसमा सात हजार १७६ जना कोरोनाका नयाँ संक्रमित थपिएका र १५४ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाख २० हजार ९६ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ८३ हजार ९५७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्