दैलेख। दैलेखमा पीसीआर मेसिन जडान गरेर औपचारिक रूपमा कोभिड-१९ परीक्षणको काम शुरू गरिएको छ।
काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले पिसिआर मेसिन जडान गरेपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्यसको उद्घाटन गरेका छन्।
दैलेखको पशु स्वास्थ्य अस्पताल तथा पशुसेवा कार्यालय परिसरमा मेसिन राख्नका लागि नयाँ भवन निर्माण गरिएको छ। प्रयोगशाला भवन र पीसीआर मेसिनको एकैपटक उद्घाटन गरिएको हो।
सो अवसरमा राज्यमन्त्री नवराज रावतले कर्णालीमा तीन वटा उपकरण सञ्चालनमा सरकारले सहयोग गर्ने बताउँदै स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए।
संघीय सांसद रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकासको एक करोड ६ लाखबाट मेसिन खरीद गरिएको हो। रासस
" /> दैलेख। दैलेखमा पीसीआर मेसिन जडान गरेर औपचारिक रूपमा कोभिड-१९ परीक्षणको काम शुरू गरिएको छ।काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले पिसिआर मेसिन जडान गरेपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्यसको उद्घाटन गरेका छन्।

">