काठमाडौं। १ असारबाट लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यका भित्रिनेहरूको संख्या बाक्लिँदै गएको छ। हिजोआज दैनिक सरदर पन्ध्र सय सवारीसाधन भित्रिरहेका छन्। जसमध्ये हजार हाराहारीमा ढुवानीका यातायात साधन हुन्छन् भने बाँकी एम्बुलेन्स र सवारी पास बनाएर आएका सवारीसाधन हुन्छन्।
लुकिछिपी काठमाडौं प्रवेश गर्नेहरूको संख्या पनि उत्तिकै छ। तर, यसको विवरण प्रहरी-प्रशासन वा पालिकाहरूसँग छैन। अहिले पनि नागढुंगासम्म यातायातका साधन चढेर आउने र बाणबभञ्जयाङ्गको डाँडा छिचोलेर काठमाडौं पस्ने क्रम रोकिएको छैन। यसरी प्रवेश गर्नेहरू होम क्वारेन्टनाइमा बसिरहेका छैनन्।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, डीएसपी घनश्याम श्रेष्ठका अनुसार लकडाउन खुकुलो भएसँगै काठमाडौं भित्रिनेको संख्या बढेको छ। पास भएका सवारीलाई मात्र काठमाडौं भित्रिन दिइरहेको भन्दै पास नभएकालाई थानकोट नाकाबाटै फर्काइरहेको डीएसपी श्रेष्ठले बताए।
कतिपय गाडीले पासबिना नै यात्री बोकेर ल्याउने र चोरबाटो हुँदै काठमाडौं प्रवेश गराइरहेकोबारे प्रहरी पनि जानकार नभएको भने हैन। तर, उसले पनि धेरै कडिकडाउ गरिरहेको छैन। पासबिना नाकासम्मै आइपुगेका केही सवारीसाधन भने प्रहरीको कारबाहीमा परेका छन्।
“आज मात्र काठमाडौंबाट होल्डिङ सेन्टरमा रहेकाहरूलाई लगेर पोखरा गएको बस फर्किंदा ८ जना यात्री बोकेर आएको थियो। जसलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएका छौं”, डीएसपी श्रेष्ठले भने। नाकासम्म आइपुगेका तर, पास नभएका निजी यातायातका साधनलाई फर्काइरहेको उनको भनाइ छ।
पास भएकालाई सहज रूपमा भित्रिन दिने वातावरण बनाउन र होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको छ। सरकारी प्रक्रिया पुर्याएर आएकाहरूलाई पनि घरभेटीहरूले कोरोना परीक्षणको पीसीआर रिपोर्ट माग्दै दु:ख दिएको पाइएपछि यस्तो व्यवस्था गरिएको हो।
प्रमुख जिल्ला अधिकारीहरूले स्थानीय तहसँगको समन्वयमा बाहिरबाट आउनेहरुलाई होम क्वारेन्टाइनमा राख्ने काम गरिरहेका छन्।जुनसुकै व्यक्ति काठमाडौं पुग्नेबित्तिकै होम क्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
“बाहिरबाट आउनेहरूबाट जोखिम नबढोस् भन्ने उद्देश्यले सम्बन्धित जिल्लाले पास बनाउँदा नै जानुपर्ने पालिकासँग समन्वय गरिँदै आएको छ”, प्रजिअ पाण्डेले भनिन्। घरभेटीले डेरावालासँग कोरोना परीक्षणको रिपोर्ट माग्ने नभई क्वारेन्टाइनमा बस्न उनीहरूका लागि कोठा उपलब्ध गराइदिनु पर्ने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए। घरभेटीले कोरोना परीक्षणको रिपोर्ट मागेर हैरान बनाएको भेटिएपछि होम क्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाइएको प्रवक्ता शर्माको भनाइ छ।
काठमाडौं प्रवेश गर्ने अहिलेको प्रक्रियाले कोरोना संक्रमण फैलिने जोखिम बढेको चिकित्सकहरू पनि बताउँछन्। शंकरापुर हस्पिटलका निर्देशक डा. रमेश ढकाल कोरोनाबाट बढी प्रभावित क्षेत्रबाट आउनेहरूसँगै सक्रमणको जोखिम पनि स्वत: बढ्ने बताउँछन्।
काठमाडौं छिर्ने नाकाहरूमै स्वास्थ्य परीक्षण गरेर सम्बन्धित पालिकासम्म पुर्याएर होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइनुपर्ने उनको सुझाव छ।
" /> काठमाडौं। १ असारबाट लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यका भित्रिनेहरूको संख्या बाक्लिँदै गएको छ। हिजोआज दैनिक सरदर पन्ध्र सय सवारीसाधन भित्रिरहेका छन्। जसमध्ये हजार हाराहारीमा ढुवानीका यातायात साधन हुन्छन् भने बाँकी एम्बुलेन्स र सवारी पास बनाएर आएका सवारीसाधन हुन्छन्।लुकिछिपी काठमाडौं प्रवेश गर्नेहरूको संख्या पनि उत्तिकै छ। तर, यसको विवरण प्रहरी-प्रशासन वा पालिकाहरूसँग छैन। अहिले पनि नागढुंगासम्म यातायातका साधन चढेर आउने र बाणबभञ्जयाङ्गको डाँडा छिचोलेर काठमाडौं पस्ने क्रम रोकिएको छैन। यसरी प्रवेश गर्नेहरू होम क्वारेन्टनाइमा बसिरहेका छैनन्।

">