काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग छलफल गरेकी छन्। उनले आज साँझ राष्ट्रपति भवन शीतल निवासमा उनीहरूसँग सामूहिक छलफल गरेकी हुन्। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी थिए।
यसैगरी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि सहभागी भएका राष्ट्रपति कार्यालयले जनाएको छ। यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वउपप्रधानमन्त्री बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कमल थापा, उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायत पूर्वमन्त्रीहरू पनि सहभागी थिए।
राष्ट्रपति भण्डारीकी स्वीकय सचिव दीपा शर्माले राष्ट्रपतिले समसामयिक विषयमा छलफल गरेको बताइन्। राष्ट्रपति भण्डारहीले राष्ट्रहितमा दलहरूले देखाएको एकताका लागि धन्यवाद भन्दै सँधै एकता कायम राख्न अनुरोध गरेको पनि शर्माले बताइन्। भारतले अतिक्रमण गरेको भूमि समेटिएको नक्शा जारी गरी साेही अनुसार भएको संविधान संशाेधन, नागरिकता विधेयक, कोभिड–१९ रोकथाम तथा नियन्त्रण र उपचार लगायतका विषयमा पनि राष्ट्रपतिले छलफल गरेको उनकी स्वकीय सचिव शर्माले बताइन्।
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग छलफल गरेकी छन्। उनले आज साँझ राष्ट्रपति भवन शीतल निवासमा उनीहरूसँग सामूहिक छलफल गरेकी हुन्। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी थिए।यसैगरी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि सहभागी भएका राष्ट्रपति कार्यालयले जनाएको छ। यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वउपप्रधानमन्त्री बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कमल थापा, उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायत पूर्वमन्त्रीहरू पनि सहभागी थिए।

">