काठमाडौं। ब्राजिली रक्षक डेविड लुइजले इङलिस प्रिमियर लिगको टोली आर्सनलसँगको सम्बन्ध एक वर्षका लागि लम्बाउँदै सम्झौता नवीकरण गरेका छन्। प्रिमियर लिगमा उच्च सफलताका लागि संघर्ष गरिरहेको टोलीमा लुइज जारी सिजनको शुरूमा चेल्सीबाट आएका थिए। आर्सनलको जर्सीमा मिश्रित खालको प्रदर्शन गरेका लुइजले गत बुधबार म्यानचेस्टर सिटीसँग पराजित भएको खेलमा रातो कार्ड सामना गरेका थिए।
थुप्रै खेलमा लुइजको प्रदर्शन बिर्सन लायक भए पनि आर्सनलका प्राविधिक निर्देशक इडुले अनुभवी रक्षक टोलीका महत्वपूर्ण सदस्य रहेको बताएका छन्। “हाम्रा लागि डेविड महत्वपूर्ण खेलाडी हुन्। उनले यो सिजनमा टोलीका अधिकांश खेल खेलेका छन्। मैदानमा उनको उपस्थितिले पूरा टीमलाई ऊर्जा प्रदान गर्छ। मैदानमा उनी सबै खेलाडीसँग निरन्तर सञ्चार गरिरहेका हुन्छन” इडुले भने।
शनिबार ब्राइटन एण्ड होभसँग पराजित भएपछि अर्को सिजन च्याम्पियन्स लिग खेल्ने आर्सनलको लक्ष्यमा धक्का लागेको छ। प्रिमियर लिगको शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्ने टोलीले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न पाउँछन्। शनिबारको हारपछि आठ खेल बाँकी रहेको अवस्थामा आर्सनल ४० अंकका साथ १०औं स्थानमा सीमित छ। टोली चौंथो स्थानको चेल्सीभन्दा ११ अंकले पछि परेको छ।
" /> काठमाडौं। ब्राजिली रक्षक डेविड लुइजले इङलिस प्रिमियर लिगको टोली आर्सनलसँगको सम्बन्ध एक वर्षका लागि लम्बाउँदै सम्झौता नवीकरण गरेका छन्। प्रिमियर लिगमा उच्च सफलताका लागि संघर्ष गरिरहेको टोलीमा लुइज जारी सिजनको शुरूमा चेल्सीबाट आएका थिए। आर्सनलको जर्सीमा मिश्रित खालको प्रदर्शन गरेका लुइजले गत बुधबार म्यानचेस्टर सिटीसँग पराजित भएको खेलमा रातो कार्ड सामना गरेका थिए।थुप्रै खेलमा लुइजको प्रदर्शन बिर्सन लायक भए पनि आर्सनलका प्राविधिक निर्देशक इडुले अनुभवी रक्षक टोलीका महत्वपूर्ण सदस्य रहेको बताएका छन्। “हाम्रा लागि डेविड महत्वपूर्ण खेलाडी हुन्। उनले यो सिजनमा टोलीका अधिकांश खेल खेलेका छन्। मैदानमा उनको उपस्थितिले पूरा टीमलाई ऊर्जा प्रदान गर्छ। मैदानमा उनी सबै खेलाडीसँग निरन्तर सञ्चार गरिरहेका हुन्छन” इडुले भने।

">