आईतबार, फागुन १०, २०८२
बाजुरा। बूढीगंगा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। से १ ज १०१९ नम्बरको जीप फालासैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। सामान्य घाइते अन्य १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ। रासस
">