काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक विभेद्कारी भएको भन्दै त्यसविरूद्ध प्रदर्शन गर्ने भएको छ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै उक्त विधेयकविरूद्ध १६ असारमा काठमाडौंलगायत जिल्ला सदरमुकाम र मुख्य शहरहरूमा विरोध प्रदर्शन र सभा आयोजना गर्न लागेको जानकारी दिएका छन्।
जातीय विभेद, सामाजिक तथा सांस्कृतिक विभेद, लैंगिक विभेद र असमानता कायम गर्ने तथा राष्ट्रिय एकता कमजोर पार्ने गरी ल्याएको संशोधन प्रस्ताव आपत्तिजनक रहेको जसपाले ठहर गरेको छ। उक्त प्रस्तावलाई सच्याएर मात्र संसद्बाट पारित गरिनुपर्ने जसपाको माग छ।
विगतका नागरिकता ऐनमा भएका वैवाहिक अंगीकृत व्यवस्थालाई नै यथावत राखिनुपर्ने उसको माग रहेको छ। “नेपालीसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारबाही चलाएको प्रमाणका आधारमा नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरिनुपर्दछ,” विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै नेकपाले पनि ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गरिनुपर्ने निर्णय गरिसकेको छ। उक्त प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जसपा, नेमकिपालगायतले विरोध गर्दै आइरहेका छन्।