दुई अर्ब डलर जरिवानामा पर्यो जोन्सन एन्ड जोन्सन

काठमाडाैं। शरीरका लागि घातक मानिएको टेलकम पाउडर बिक्री गरेको भन्दै औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीले दुई अर्ब १० करोड डलर जरिवाना तिर्नुपर्ने भएको छ।

संयुक्तराज्य अमेरिकाको एक अदालतले जोन्सन एन्ड जोन्सन कम्पनीलाई यति ठूलो रकम जरिवाना तिर्न आदेश दिएको हो।

प्रारम्भिक मुद्दामा करीब चार अर्ब ४० करोड जरिवाना माग दाबी गरिएको थियो।

अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ।

सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौं लाख अमेरिकी डलर जरिवाना तिराएको थियो।

गत महीना जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाका लागि पाउडर उत्पादन नगरिने घोषणा गरेको थियो। तर, कम्पनीले विश्वका अरू देशमा भने यसको बिक्री यथावत् राख्ने जनाएको छ।

जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले अदालतको आदेशविरुद्ध मिजौरीको सर्वोच्च अदालतमा जाने बताएकी छन्। एएफपी

प्रतिक्रिया दिनुहोस्