काठमाडौं। जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध गाँजा र वन्यजन्तुको अंगसहित तीन जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-२० विष्णुपादुकास्थित एक्लो चौतारा नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमी गाउँपालिका-१ छिन्ताङ घर भई सुनसरीकाे धरान उपमहानगरपालिका-११ सिमाना चोक बस्ने नन्दीमान राई, धरान उपमहानगरपालिका-११ मंगलबारे डेरा गरी बस्ने सबिन राई (दिनेश) र उदयपुर कटारी नगरपालिका-२ ताप्ली घर भई धरान उपमहानगरपालिका-११ मंगलबारे डेरा गरी बस्ने सागर राई रहेका छन्।
बिष्णुपादुकाबाट धरानतर्फ यात्रु लिई जाँदै गरेको उक्त टेम्पोलाई शंका लागि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्दा यात्रु बस्ने सीटमुनि लुकाएर राखेको अवस्थामा करिब दुई सय ४५ ग्राम गाँजा, कालिजको कालो रङको प्वाँख १८ वटा, घोरलको सिङजस्तो देखिने साना सिङ चारवटा, कस्तुरीको सिङ जस्तो देखिने छालासहितको दुईवटा सिङ बरामद गरेको छ। पक्राउ परेकाविरुद्द जिल्ला अदालत सुनसरीबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध गाँजा र वन्यजन्तुको अंगसहित तीन जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-२० विष्णुपादुकास्थित एक्लो चौतारा नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा धनकुटा सहिदभूमी गाउँपालिका-१ छिन्ताङ घर भई सुनसरीकाे धरान उपमहानगरपालिका-११ सिमाना चोक बस्ने नन्दीमान राई, धरान उपमहानगरपालिका-११ मंगलबारे डेरा गरी बस्ने सबिन राई (दिनेश) र उदयपुर कटारी नगरपालिका-२ ताप्ली घर भई धरान उपमहानगरपालिका-११ मंगलबारे डेरा गरी बस्ने सागर राई रहेका छन्।

">