काठमाडाैं। नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नरकुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन्।
कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी अक्कलबहादुर बोहोराको पहलमा संकलन भएको उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्चमार्फत् आज हस्तान्तरण गरिएको हो।
मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले प्रशिक्षक नरकुमार राईलाई आज रकम हस्तान्तरण गरेका हुन्।
उनकी ११ वर्षीया छोरी कसुमी राई ब्लड क्यान्सर रोगले पीडित छिन् र हाल उनी महाराजगञ्जस्थित कान्ति बाल हस्पिटलमा उपचाररत छिन्।
एपीएफबाट खेल्ने म्याराथन धावक अक्कलबहादुर बोहोराले यसअघि पनि समस्यामा परेका थुप्रै नेपालीलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।
प्रशिक्षक राईले सहयोग गर्ने नेपाल स्पेन कोस्टाब्लान्का समाजलाई धन्यवाद दिएका छन्। उनले हालसम्म छोरीको उपचार १४ लाख रूपैयाँ खर्च भइसकेको र पूर्णरूपमा ठिक गर्न अझै रकम अभाव भएको बताएका छन्।
’नरे दाई’ को नामले चर्चित राई २०६२ देखि २०६८ सालसम्म एपीएफबाट खेलेका हुन्। राइट डिफेन्सबाट खेल्ने राईको पालामा एपीएफ पाँचौ स्थानसम्म उक्लिन सफल भएको थियो।
खेलाडी जीवनमा सक्रिय छँदै उनले २०६४ सालबाट महिला टिमको प्रशिक्षकको जिम्मेवारी पाएका थिए। २०७३ साल रिटायर्ड हुँदासम्म उनले महिला फुटबलको जिम्मेवारी सम्हाले।
अहिलेका चर्चित खेलाडीहरू सावित्रा भण्डारी, अनिता बस्नेत, रेणुका नगरकोटी, मनमाया लिम्बू, अनिता केसी, मञ्जली योञ्जन, एञ्जिला तुम्बापो जस्ता खेलाडीहरु राईको प्रशिक्षणमा हुर्केका हुन्।
जागिरे जीवनपछि पैसा कमाउन राई बहराइन गएका थिए । त्यहाँ २१ महिना काम गरिरहँदा छोरीलाई क्यान्सर भएपछि उनी फर्किएका छन्।
" /> काठमाडाैं। नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नरकुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन्।कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी अक्कलबहादुर बोहोराको पहलमा संकलन भएको उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्चमार्फत् आज हस्तान्तरण गरिएको हो।

">