काठमाडौं। कोरोना भाइरस महामारीका कारण देश लकडाउनमा हुँदा सवारी पास बनाइदिने भन्दै पैसा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा लेखापढी गर्ने ढकाल एण्ड सापकोटा सर्भिसेजका व्यवसायी खेमराज सापकोटालाई हिजो घुस रकम लिइसकेपछि पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएका छन्।
सापकोटाले काठमाडौंबाट धनकुटा जानका लागि सवारी पास बनाइदिन्छु भन्दै सेवाग्राहीसँग तीन हजार रूपैयाँ लिएको अख्तियारले अभियोग लगाएको छ।
सापकोटाले पास बनाउन तीन हजार रूपैयाँ घुस खुवाउनुपर्ने भन्दै पैसा माग गरेको उजुरीका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई लेखापढी सेन्टरबाटै पक्राउ गरेको थियो।
" /> काठमाडौं। कोरोना भाइरस महामारीका कारण देश लकडाउनमा हुँदा सवारी पास बनाइदिने भन्दै पैसा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ।काठमाडौं जिल्ला प्रशासन कार्यालयमा लेखापढी गर्ने ढकाल एण्ड सापकोटा सर्भिसेजका व्यवसायी खेमराज सापकोटालाई हिजो घुस रकम लिइसकेपछि पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएका छन्।

">