सागका पदक विजेतालाई गोदावरी नगरपालिकाकाे सम्मान <p>ललितपुर। गोदावरी नगरपालिकाले नगरसभाको अवसर पारेर १३ औं सागमा पदक विजेता नगरबासी खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेकाे छ। नगरका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका हुन्।</p> <p>नगरपालिकाले उसुतर्फ कास्यपदक विजेता गाेदावरी-५ का निकेस श्रेष्ठलाई एक लाख रुपैयाँसहित सम्मान गरेकाे छ। यसैगरी वडा नम्बर ११ का करातेतर्फ साग प्रशिक्षक दीपक श्रेष्ठ र वडा नम्बर १२ का काता प्रशिक्षक गंगाराम महर्जनलाई जनही दुई लाख रुपैयाँसहित सम्मान गरेकाे छ।</p> <p>१३ औं सगमा नेपालले उसुतर्फ ५ स्वर्ण र करातेमा १० स्वर्णपदक जितेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्