काठमाडौं। कोभिड-१९ महामारीको समयमा सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने क्रम बढेको भन्दै महानगरीय अपराध महाशाखाले उनीहरूको प्रलोभनमा नपर्न आग्रह गरेको छ।
महाशाखाले सूचना जारी गर्दै भाइबर, ह्वाट्स एप, इमो लगायतका विभिन्न माध्यमबाट फोन सम्पर्क, म्यासेज, भ्वाईस कल तथा फेक कल गरी ठूलो धनराशी चिठ्ठा परेको भन्दै ठग्ने क्रम बढेको जनाएको छ। “चिठ्ठा परेकोमा बधाई छ भनि हिन्दी भाषाबाट बधाई दिने, खाता नम्बर माग्ने र सो रकम पठाउनको लागि राजश्व तिर्नुपर्छ भन्दै आइएमई तथा विभिन्न व्यक्तिका बैंक खातासमेत उपलब्ध गराई ठगी गर्ने गिरोह सक्रिय रहेको छ”, सूचनामा भनिएको छ।
महाशाखाले ठगी गिरोहमाथि अनुसन्धान तथा कारबाही भइरहेको जनाएको छ। ठगीमा संलग्नहरूको प्रलोभनमा नपर्न तथा पैसाको कारोबार नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। प्रहरीका अनुसार विभिन्न व्यक्तिको ल्याण्डलाइन नम्बर पत्ता लगाई ‘म प्रहरीको साईबर शाखाको मानिस हुँ, तपाईको मोबाइल तथा फेसबुक ह्याक भएको छ’ भनी व्यक्तिगत विवरण माग गरिएको पनि प्रहरीले जनाएको छ।
फेसबुक आईडी माग्ने लगायतका फेक कल गर्ने उजुरी आइरहेको हुँदा यस्ता नचिनेका व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरण उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ।
" /> काठमाडौं। कोभिड-१९ महामारीको समयमा सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने क्रम बढेको भन्दै महानगरीय अपराध महाशाखाले उनीहरूको प्रलोभनमा नपर्न आग्रह गरेको छ।महाशाखाले सूचना जारी गर्दै भाइबर, ह्वाट्स एप, इमो लगायतका विभिन्न माध्यमबाट फोन सम्पर्क, म्यासेज, भ्वाईस कल तथा फेक कल गरी ठूलो धनराशी चिठ्ठा परेको भन्दै ठग्ने क्रम बढेको जनाएको छ। “चिठ्ठा परेकोमा बधाई छ भनि हिन्दी भाषाबाट बधाई दिने, खाता नम्बर माग्ने र सो रकम पठाउनको लागि राजश्व तिर्नुपर्छ भन्दै आइएमई तथा विभिन्न व्यक्तिका बैंक खातासमेत उपलब्ध गराई ठगी गर्ने गिरोह सक्रिय रहेको छ”, सूचनामा भनिएको छ।

">