हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा राजनीतिक परिवर्तनले स्थायीत्व ल्याएको भए पनि अहिले समाजमा मानिसको सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउन सके मात्र विकासको पूर्वाधार दिगो हुन सक्ने विश्वास व्यक्त गरेका छन्।
मुख्यमन्त्री पौडेलले हेटौंडा उपमहानगरपालिकाको सातौँ नगर सभा बैठकको आज उद्घाटन गर्दै प्रदेश सरकार र स्थानीय तहको सहकार्यबाट जनतालाई विकासको पूर्वाधारप्रति दिगो लाभ पुग्ने योजना तर्जुमा गर्ने वातावरण तयार गर्न नगर सभाले सकारात्मक भूमिका खेल्नुपर्ने आग्रह गरे।
उनले बागमती प्रदेशको हेटौंडामा प्रदेश विश्वविद्यालयको स्थापना गर्न र हेटौंडा अस्पतालको स्तराेन्नतिको लागि प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्य आवश्यक रहेको र भविष्यमा ती योजनालाई कार्यान्वयन गर्न बजेट विनियोजित गर्न आग्रह गरे।
मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधिले आपसमा समझदारी कायम गरेर नगर क्षेत्रको वातावरणमा सुधार, खानेपानी, पर्यटन, खेलकुद, साहित्य र भ्यू टावरजस्ता योजनालाई सञ्चालन गर्न आ-आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताए। रासस
" /> हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा राजनीतिक परिवर्तनले स्थायीत्व ल्याएको भए पनि अहिले समाजमा मानिसको सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउन सके मात्र विकासको पूर्वाधार दिगो हुन सक्ने विश्वास व्यक्त गरेका छन्।मुख्यमन्त्री पौडेलले हेटौंडा उपमहानगरपालिकाको सातौँ नगर सभा बैठकको आज उद्घाटन गर्दै प्रदेश सरकार र स्थानीय तहको सहकार्यबाट जनतालाई विकासको पूर्वाधारप्रति दिगो लाभ पुग्ने योजना तर्जुमा गर्ने वातावरण तयार गर्न नगर सभाले सकारात्मक भूमिका खेल्नुपर्ने आग्रह गरे।

">