मंगोलियामा भएको संसदीय निर्वाचनमा न्यून सहभागिता
उलानबटोर। मंगोलियामा आज भएको संसदीय निर्वाचनमा अतिन्यून सहभागिता भएको छ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन्।

मतदान स्थानीय समयअनुसार बिहान ७ बजे शुरू भएको थियो।

मतदानका लागि देशभर दुई हजार ७० मतदान केन्द्रहरू स्थापना गरिएका छन्।

निर्वाचनमा कम्तीमा १३ राजनीतिक पार्टी, चारवटा गठबन्धन र १३७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचनमा मतदान गर्नका लागि देशभर झण्डै २१ लाख जनाको नाम मतदाता नामावलीमा छ।

मंगोलियाको एक सदनात्मक स्टेट ग्रेट खुरालमा निर्वाचनबाट ७६ जना सांसद चार वर्षे कार्यकालका लागि निर्वाचित हुनेछन्।

- रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्