पोखरीमा डुबेर युवतीको मृत्यु
काठमाडौं। रौतहट र कपिलवस्तुमा हिजो फरक दुर्घटनामा परी दुईजनाले ज्यान गुमाएका छन्।

रौतहटको माधव नारायण नगरपालिकास्थित सखुअवामा नुहाउने क्रममा पोखरीमा डुबेर एक युवतीको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले जनाएअनुसार स्थानीय सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर हिजो दिउँसो २३ वर्षीय संगीताकुमारी महराको ज्यान गएको थियो।

यसैगरी कपिलवस्तुको यसाेधरा गाउँपालिकामा छतबाट लडेर ६० वर्षे एक भारतीय कृषि मजदुरको मृत्यु भएको छ।

गाउँपालिकाको रंगपुरमा रोपाइँ गर्न आएका भारतको कुसिनगर थानाखडा ग्राम महादेव विशेश्वरपुरका झुलन मुसहरको छतबाट खस्दा मृत्यु भएको थियो।

गयराति छतमा सुतिरहेको अवस्थामा अचानक छतबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्