काठमाडौं। कोरोना भाइरसको महामारीका कारण देश लकडाउनमा रहेपनि घरेलु हिंसाका घटना दिनप्रतिदिन बढिरहेका छन्। यसैक्रममा बलात्कार आरोपमा प्रहरीले ललितपुरबाट एक युवालाई पक्राउ गरेको छ।
महोत्तरीको मगहा नगरपालिका स्थायी ठेगाना भइ ललितपुरको तिखेदेवल बस्ने ३५ वर्षे युवकलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ। ललितपुर महानगरपालिकाको महालक्ष्मीस्थानमा निर्भाणाधीन एक घरमा पैसा सापटी लिन बोलाएर ती युवकले २५ वर्षकी एक महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ।
२७ जेठमा घटना भएको भन्दै हिजो, ९ असारमा खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको थियो। पुलिसले पीडित महिलासँग पनि सोधपुछ गरिरहेको बताइएको छ।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीका कारण देश लकडाउनमा रहेपनि घरेलु हिंसाका घटना दिनप्रतिदिन बढिरहेका छन्। यसैक्रममा बलात्कार आरोपमा प्रहरीले ललितपुरबाट एक युवालाई पक्राउ गरेको छ।महोत्तरीको मगहा नगरपालिका स्थायी ठेगाना भइ ललितपुरको तिखेदेवल बस्ने ३५ वर्षे युवकलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ। ललितपुर महानगरपालिकाको महालक्ष्मीस्थानमा निर्भाणाधीन एक घरमा पैसा सापटी लिन बोलाएर ती युवकले २५ वर्षकी एक महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ।
२७ जेठमा घटना भएको भन्दै हिजो, ९ असारमा खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको थियो। पुलिसले पीडित महिलासँग पनि सोधपुछ गरिरहेको बताइएको छ।
">