कुखुराको खोरमा लुकाएको गाँजासहित दुईजना पक्राउ <p>काठमाडौं। सर्लाहीको बरहथवा नगरपालिकाबाट प्रहरीले गयराति अवैधानिक लागुऔषध गाँजासहित पक्राउ गरेको छ।</p> <p>केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी गराएअनुसार बरहथवा नगरपालिका वडा नम्बर ७ स्थित एक कुखुरा फार्ममा लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेपछि फार्मका मालिक ३५ वर्षे उमेश शाह र अर्का स्थानीय २९ वर्षिय जुलेड अन्सारीलाई पक्राउ गरिएको हो।</p> <p>गस्तीका लागि गएको प्रहरी टोलीले सुराकीका आधारमा शाहको कुखुरा फार्ममा छापा मार्दा प्लास्टिकले बेरेर राखिएको अवस्थामा दुई किलो गाँजा भेटेकाे थियाे।</p> <p>प्रहरीले दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्