काठमाडौं। बाँके र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सिक्टाको जंगलस्थित् सडकमा बा १४ च २७८९ नम्बरको कार ९ असार दिउँसो अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा कार चालक चितवन भरतपुर महानगरपालिका–१२ बस्ने ४१ वर्षीया कमल राज लम्सालसहित २ जनाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका-८ खोलाटोलीस्थित् सडकमा पूर्वबाट आउँदै गरेको को ३९ प ५५७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा इनरुवा नगरपालिका–७ बस्ने ३५ वर्षीय साइकलयात्री मोहमद नजुन मिँयाको ९ असार दिउँसो घटनास्थलमै मृत्यु भएको थियो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। बाँके र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सिक्टाको जंगलस्थित् सडकमा बा १४ च २७८९ नम्बरको कार ९ असार दिउँसो अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा कार चालक चितवन भरतपुर महानगरपालिका–१२ बस्ने ४१ वर्षीया कमल राज लम्सालसहित २ जनाको मृत्यु भएको हो।

">