काठमाडौं। खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ।
मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो। मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टाइनमा कति संख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ।
मन्त्री बीना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति सहभागी बैठकले स्थायी र अस्थायी कुन प्रकृतिको शौचालय बनाउन उपयुक्त हुन्छ भनी छलफल गरिरहेको छ ।
कोरोना संक्रमणको जोखिम हुँदासम्मका लागि अस्थायी शौचालय बनाउने कि त्यही शौचालय भविष्यसम्म प्रयोग गर्ने गरी स्थायी प्रकृतिको बनाउने भनी छलफल भइरहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।
उनका अनुसार अधिकांश क्वारेन्टाइन विद्यालयमै रहेकाले त्यसलाई भविष्यसम्म प्रयोग गर्ने गरी निर्माण गर्ने मन्त्रालयलाई एकथरिको सुझाव छ।
त्यस्तै, छिटो निर्माण गरिसक्नुपर्ने भएकाले अस्थायी नै बनाउने विषयमा पनि छलफल भएको छ। कम लगानीमा र छिटो हुने भएकाले बोक्न मिल्ने शौचालयका विषयमासमेत सुझाव आएको छ। उनले भने, “कुन मोडलमा बनाउँदा उपयुक्त हुन्छ भनि केही दिनमा नै टुङ्गो लगाइनेछ।”
धेरै ठाउँमा रहेका क्वारेन्टाइनमा खानेपानी र शौचालयको राम्रो व्यवस्था छैन।
८ असारमा सोमबार देशभरका क्वारेन्टाइनमा रहेकाको संख्या ९० हजार ७३० रहेको थियो।
गत साता राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै खानेपानी मन्त्री बीना मगरले क्वारेन्टाइनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको कार्यान्वयनमा मन्त्रालय लागेको जानकारी गराएकी थिइन्।
" /> काठमाडौं। खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ।मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो। मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टाइनमा कति संख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ।

">