७५ प्रतिशत हाजिरी नभएका विद्यार्थी एसईईको आन्तरिक मूल्यांकनमा सहभागी हुन नपाउने
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीमात्र आन्तरिक परीक्षामा सहभागी हुन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको एसईईका विद्यार्थीको मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ ले आन्तरिक मूल्यांकनमा  सहभागी हुनका लागि  ७५ प्रतिशत हाजिरी अनिवार्य गरेको हो।

कार्यविधिअनुसार सम्बन्धित विद्यालयको प्रधानाध्यापकको संयोजकत्वमा तीन सदस्यीय मूल्यांकन समिति गठन गरिनेछ। उक्त समितिले विद्यार्थीलाई परीक्षा आवेदन फाराम भरेको, परीक्षा दस्तुर बुझाएको र पाठ्यक्रमले तोकेबमोजिम न्यूनतम ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीको मात्र मूल्यांकनबापतको अंक पठाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

नियमित, आंशिक र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरूको अलग-अलग समष्टिगत प्राप्तांक विवरण तयार गर्नुपर्ने छ।

विद्यालयमा सञ्चालित कार्यक्रमअनुसार (साधारण/संस्कृत/प्राविधिक) विद्यार्थीहरूको संख्या एकीन गरी विषयगत रूपमा सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको प्राप्तांक विवरण तयार गर्नुपर्नेछ।

नियमित, आंशिक र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरूको अलग-अलग समष्टिगत प्राप्तांक विवरण तयार गर्नुपर्नेछ।

त्यस्तै प्राप्तांक चढाउँदा विद्यार्थीको सिम्बोल नम्बरको बढ्दो क्रममा चढाउनुपर्नेछ। मूल्यांकन समितिले तयार गरेको प्राप्तांक विवरण परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएबमोजिमको विद्युतीय प्रणाली (अनलाइन/अफलाइन) मा प्रविष्टि गर्नेछ।

मूल्यांकन समितिका सबै सदस्यले हस्ताक्षर गरी विद्यालयको छापसमेत लगाई तीनप्रति शिक्षा विकास तथा समन्वय एकाईमा बुझाउनुपर्नेछ। सो मध्ये एकप्रति एकाईबाट प्रमाणित गराई प्रधानाध्यापकले विद्यालयमा अभिलेखको रूपमा राख्नुपर्ने छ।

बोर्डले परीक्षाफल प्रकाशन नगरेसम्म विद्यालयले मूल्यांकन विवरण गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्