गलेश्वर। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी-जोमसोम-कोरला सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।
लगातारको वर्षा, भिरालो जमीन र कमजोर भू-बनावटका कारण अन्नपूर्ण गाउँपालिका-३ दानाको रुप्से झरनाको माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए।
सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो। अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ।
सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटरको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारीसाधन हिलोमा फस्ने गरेका छन्। सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताए। “सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ”, उनले भने।
उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारी साधन आवतजावतमा ठूलो जोखिम रहेकाले सतर्कता अपनाउन अन्नपूर्ण गाउँपालिकाले अनुरोध गरेको छ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ । बर्खाको समयमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। रासस
" /> गलेश्वर। गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी-जोमसोम-कोरला सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।लगातारको वर्षा, भिरालो जमीन र कमजोर भू-बनावटका कारण अन्नपूर्ण गाउँपालिका-३ दानाको रुप्से झरनाको माथिबाट ढुङ्गामाटो सहितको लेदो पहिरो खस्दा सडक अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए।

">