चितवन। पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिँदै आएको बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय हुने भएको छ।
बागमती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार हाल १५ शय्या रहेको सो अस्पताल प्रदेशस्तरको हुने भएको हो।
२०५८ सालमा महायज्ञ लगाएर आर्थिक संकलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो। अस्पतालमा अहिले पाँच विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्।
अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स-रेलगायतका सेवा उपलब्ध छन्। त्यस्तै प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आइएको छ। तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ।
प्रदेशस्तरको भएसँगै अस्पताल ५० शय्याभन्दा माथिको बन्नेछ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार यस क्षेत्रको जनघनत्वका आधारमा शय्या तय गरिनेछ।
आउँदो वर्ष अस्पतालमा प्रसूति भवन निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन भइसकेको उनले बताए।
" /> चितवन। पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिँदै आएको बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय हुने भएको छ।बागमती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो।

">