शिल्पा सेट्टीले किन गरेकी थिइन् अक्षयसँग ब्रेकअप ?

काठमाडौं। मै खेलाडी तु अनाडी, इन्साफ लगायतका चलचित्रमा एकसाथ काम गर्दा शिल्पा सेट्टी र अक्षय कुमारबीचको सम्बन्ध नजिकिएको थियो। फ्यानहरूले पनि उनीहरुको कामसँगै जोडी पनि खुवै मन पराउन थालेका थिए।

अक्षयले शिल्पालाई आफ्नो दिलमा समेत राखिसकेका थिए। त्यो भन्दा पहिला अक्षयको पूजा बत्रा, रवीना टण्डनलगायतका केही सेलिब्रेटीसँग नाम जोडिएको थियो।

अक्षय तथा शिल्पाको जोडी अन स्क्रिन तथा अफ स्क्रिन दुवैतिर राम्रो देखिन्थ्ये। दुवैजना एकअर्काको साथ एकदमै खुशी पनि देखिएका थिए।

शिल्पाले पनि आफ्नो करिअरलाई दाउमा राखेर अक्षयप्रति निकै मोहित हुन पुगिन्। तर, त्यही बेला एकाएक खबर बाहिरियो, 'अक्षय शिल्पाको ब्रेकअप भयो।'

आखिर किन ब्रेकअप भयो ? सबैलाई चासोका विषय बन्यो। शिल्पासँग नजिकिरहेकै बेला अक्षय राजेश खन्ना तथा डिम्पल कपाडियाकी छोरी ट्विंकल खन्नासँग नजिकिए। शिल्पालाई यो कुरा थाहा पाएपछि उनले ब्रेकअप गरिन्। अन्तमा अक्षयले ट्विंकलसँग नै बिहे गरे।

प्रतिक्रिया दिनुहोस्