तनहुँका १३ फरार प्रतिवादी पक्राउ
<p>दमौली। जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ। चालु आर्थिक वर्ष ०७५/७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो।</p>
<p>पक्राउ परेकाहरूबाट १४ वर्ष चार महिना चार दिन कैद र तीन लाख ६ हजार ८०२ रूपैयाँ जरिवाना असुल उपर गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए। त्यस्तै जघन्य अपराधतर्फ कर्तव्य ज्यानका तीन, जबरजस्ती करणीका ११ व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ।</p>
<p>मुलुकी अपराध सहिंता, २०७४ बमोजिम अनुसन्धान अधिकारीले धरौटी लिई छाड्न सक्ने कानुनको कार्यान्वयन गर्दै लागुऔषध, हातहतियार तथा खरखजाना र झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिने अभियोगमा पक्राउ परेका चार वटा मुद्दाको पाँच व्यक्तिबाट धरौटी लिई प्रहरी कार्यालयमा खातामा जम्मा गराई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
