हेटौंडाका युवा व्यवसायी श्रेष्‍ठ मृत अवस्थामा भेटिए <p>हेटौंडा। यहाँका एक युवा व्यवसायी पविनमान श्रेष्&zwj;ठ आज बिहान जंगलमा मृत अवस्थामा भेटिएका छन्।&nbsp;</p> <p>हेटौंडा-५ सानोपोखराका ३० वर्षीय श्रेष्&zwj;ठको शव हेटौंडा उपमहानगरपालिका-१ भैरवडाँडाको जंगलमा भेटिएको प्रहरीले जनाएको छ।</p> <p>राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जंगलमा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार उनको शव नजिकै किटनाशक औषधिसमेत फेला परेको छ। &nbsp;</p> <p>शव परीक्षणका लागि हेटौंडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। श्रेष्ठ जग्गासम्बन्धी कारोवार गर्ने व्यक्ति भएको जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्