तस्वीर सौजन्य: उत्सव शाक्य।
कोरोना संक्रमित बढेपछि एक सातालाई बैतडी सदरमुकाम 'सिल'
कैलाली। कोरोना भाइरस संक्रमित बढ्दै गएपछि बैतडीको सदरमुकाम दशरथचन्द नगरपालिका 'सिल' गरिएको छ।

नगरभित्र कोरोना संक्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले आजदेखि १६ असारसम्मलाई 'सिल' गर्ने निर्णय गरेको मेयर नरेन्द्रसिंह थापाले बताए।

उनले नगरपालिकाभित्र अत्यावश्यक खाद्यान्नका मालवाहक सवारीसाधन, दूधका ट्यांकर, एम्बुलेन्सलगायतका साधनहरु भने सञ्चालन हुने जानकारी दिए।

सरोकारवालाहरूसँगको छलफलपछि स्थानीय प्रशासन ऐन २०२८ को ६९३० 'क' र संक्रामक रोग ऐन दफा २० बमोजिम नगरभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवामा पूर्ण रोक लगाइएको थापाले बताए।

सामाजिक दूरी कायम गर्दै औषधि पसल खोल्न, जन्ती र ब्रतबन्धमा १५ जनासम्म सहभागी हुन पाइने नगरपालिकाले सार्वजनिक सूचनामार्फत जनाएको छ।

बैंक तथा वित्तीय संस्था हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खोल्न सकिने जनाइएको छ।

यसअघि ८ असारदेखि एकसाताको लागि बैतडीकै पाटन नगरपालिकाले बजार क्षेत्र 'सिल' गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्