खोटाङ। पेटभित्रै बच्चाको मृत्युपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका-२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
सुत्केरी व्यथाले च्यापेपछि ८ असार राति जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मृत्यु भएको थाहा भएपछि थप उपचारका लागि हिजो मध्याह्न हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं पठाइएको हो।
उनको रक्तस्रावसमेत भइरहेकाले थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. नारायण बरालले जानकारी दिए।
“अस्पताल ल्याउँदै गर्दा बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ”, उनले भने, “ढीलोगरी अस्पताल ल्याएकोले रक्तस्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्ने हुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह रिफर गरिएको हो।”
दोस्रो पटक गर्भवती भएकी मन्दिरालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत हेलिकप्टरमार्फत उद्धार गरिएको हो। रासस