कैलाली। क्वारेन्टाइनबाट घर गएपछि मृत्यु भएका युवकको शव २७ घण्टापछि उठाइएको छ।
क्वारेन्टाइनबाट घर गएको दोस्रो दिन मृत्यु भएका लम्किचुहा नगरपालिकाका बालकृष्ण बजगाईंको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि उनको शव सडकबाट उठाइएको हो।
१३ दिन क्वारेन्टाइनमा बसेर ७ असारमा घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका- ७ का ३६ वर्षीय बजगाईंको ८ असार साँझ मृत्यु भएको थियो ।
क्वारेन्टाइनबाट आएको भन्दै कसैले शव उठाउन नमाने पछि झन्डै २७ घण्टा उनको शव सडक किनारमा थियो।
मृत्युपछि थ्रोट स्वाब परीक्षण गरिएकोमा कोरोना संक्रमण नदेखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको विष्टले बताए।