इटालियन सिरी 'ए' मा नेपोलीको जित

काठमाडौं। आर्कडिउज मिलिक र हार्भिङ लोजानोको गोलमा नेपोलीले गएराति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ।

भ्रमणकारी नेपोलीले ३८औं मिनेटमा अग्रता लिएको थियो। माटेयो पोलिटानोको पासमा मलिकले गोल गर्दै नेपोलीलाई अग्रता दिएका थिए।

६१औं मिनेटमा मार्को डेभिड फाराओनीले गोल गरे पनि भिडिओ सहायक रेफ्री (भीएआर) ले गोलको मान्यता दिएन। अन्तिम मिनेटमा लोजानोले गोल गर्दै नेपोलीको तीन अंक पक्का गरे।

नेपोली ४२ अंकका साथ छैटौं स्थानमा छ। जुन चौथो स्थानको एटलान्टाभन्दा ९ अंकले पछाडि हो। एटलान्टाले अझै एक खेल कम खेलेको छ। हेलास भेरोना भने ३८ अंकका साथ नवौं स्थानमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा दशौं स्थानको क्यागलियारीले रेलिगेशन क्षेत्रमा रहेको एसपललाई १-० ले पराजित गर्‍यो।

आन्द्रेस कोर्नेलियसको ह्याट्रिकमा पार्माले जेनोवालाई ४-१ ले हरायो। पार्मा सातौं स्थानमा छ भने जेनोवा १७औं स्थानमा छ। १४औं स्थानको टोरिनोले १५औं स्थानको उडिनेसलाई १-० ले पराजित गर्‍यो।

प्रतिक्रिया दिनुहोस्