काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साढे ९३ लाख नजिक पुगेको छ।
हालसम्म ९३ लाख ४३ हजार २२० जनामा कोभिड-१९ पुष्टि भएको छ। संक्रमितमध्ये चार लाख ७८ हजार ९२० जनाले ज्यान गुमाएका छन्।
विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ५० लाख ३६ हजार ६२१ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किसकेका छन्।
बाँकी ३८ लाख २७ हजार ६७९ जना कोरोना संक्रमित हाल उपचाररत छन्।
नेपालमा हालसम्म १० हजार ९९ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। कोभिड-१९ बाट २४ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
नेपालमा दुई हजार २२४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।
वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छन्। अमेरिकामा हालसम्म २४ लाख २४ हजार १४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण एक लाख २३ हजार ४७३ जनाको मृत्यु भएको छ।
ब्राजिलमा कोरोना संक्रमित ११ लाख ५१ हजार ४७९ जना पुगेका छन्, जसमध्ये ५२ हजार ७७१ जनाको मृत्यु भएको छ।
रूसमा पाँच लाख ९९ हजार ७०५ जना कोरोना संक्रमित रहेकोमा आठ हजार ३५९ जनाले ज्यान गुमाएका छन्।
भारतमा कोरोना संक्रमितको संख्या चार लाख ५६ हजार ६२ पुगेको छ। भारतका संक्रमितमध्ये १५ हजार ६१२ जनाले ज्यान गुमाएका छन्।
बेलायतमा संक्रमितको संख्या तीन लाख ६ हजार २१० जना पुगेको छ भने ४२ हजार ९२७ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साढे ९३ लाख नजिक पुगेको छ।हालसम्म ९३ लाख ४३ हजार २२० जनामा कोभिड-१९ पुष्टि भएको छ। संक्रमितमध्ये चार लाख ७८ हजार ९२० जनाले ज्यान गुमाएका छन्।

">