विश्‍वमा एकैदिन १ लाख ६० हजार बढी कोरोना संक्रमित थपिए, साढे ५ हजारको मृत्यु
काठमाडौं। हिजो, ९ असार एकैदिन विश्वमा कोरोना भाइरसका एक लाख ६० हजार ६४५ जना नयाँ संक्रमित थपिएका छन्।

सो अवधिमा कोभिड-१९ बाट विश्वमा पाँच हजार ४३६ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो सबैभन्दा बढी ब्राजिलमा संक्रमित थपिएका छन्। ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजार १३१ जनामा संक्रमण देखिएको हो। सोही अवधिमा ब्राजिलमा कोभिड-१९ बाट एक हजार ३६४ जनाको मृत्यु भएको तथ्यांक छ।

ब्राजिलपछि मंगलबार अमेरिकामा ३५ हजार ९९१ जना कोरोनाका नयाँ संक्रमित पुष्टि भएका छन्। अमेरिकामा पछिल्लो २४ घण्टामा ८६३ जनाको मृत्यु भएको छ।

भारतमा मंगलबार १५ हजार ६१२ जना संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा यहाँ ४६८ जनाको मृत्यु भएको छ।

रुसमा ७ हजार ४२५ जना संक्रमित भेटिएकामा १५३ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९३ लाख ४३ हजार २२० पुगेको छ। चार लाख ७८ हजार ९२० जनाले कोभिड-१९ बाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्