कैलाली। कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका अर्का युवकको पनि मृत्यु भएको छ। जानकी गाउँपालिका-९ पूर्वखैरीफाटा टोलका ३४ वर्षीय एक युवकको क्वारेइन्टाइनबाट घर फर्किएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी ल्याउने कार्य भइरहेको उनले बताए। १५ जेठमा भारतबाट आएका उनी २८ जेठमा श्रीमती र छोरीसँगै क्वारेन्टाइनबा घर फर्किएका थिए। उनीहरू जनता आधारभूत विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेका थिए।
यसअघि १३ दिन क्वारेन्टाइनमा बसेर ७ असारमा घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका-७ का ३६ बर्षीय युवकको मृत्यु भएको थियो। उनको स्वाबको नमूना संकलन गरिसकिएको छ। रिपोर्ट भने भोलि मात्र आउने बताइएको छ।
" /> कैलाली। कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका अर्का युवकको पनि मृत्यु भएको छ। जानकी गाउँपालिका-९ पूर्वखैरीफाटा टोलका ३४ वर्षीय एक युवकको क्वारेइन्टाइनबाट घर फर्किएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी ल्याउने कार्य भइरहेको उनले बताए। १५ जेठमा भारतबाट आएका उनी २८ जेठमा श्रीमती र छोरीसँगै क्वारेन्टाइनबा घर फर्किएका थिए। उनीहरू जनता आधारभूत विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेका थिए।
यसअघि १३ दिन क्वारेन्टाइनमा बसेर ७ असारमा घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका-७ का ३६ बर्षीय युवकको मृत्यु भएको थियो। उनको स्वाबको नमूना संकलन गरिसकिएको छ। रिपोर्ट भने भोलि मात्र आउने बताइएको छ।
">